सुनको मूल्य घट्यो, चाँदी स्थिर

Sep 11, 2025 02:28 PM Merolagani



भदौ २६ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यसदिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी बुधबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार भएको हो । आज चाँदी प्रतितोला दुई हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।