सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

Sep 12, 2025 10:56 AM Merolagani



भदौ २७ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन कायम सुनको मूल्य हालसम्मकै उच्च हो। यस अघि सुनको उच्च मूल्य प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँ थियो। गत भदौ २४ गते सुन सो मूल्यमा कारोबार भएको थियो। सो मूल्यको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ बढेको हो। अघिल्लो दिनको तुलनामा भने यस दिन सुनको मूल्य १ हजार ६०० रुपैयाँ बढेको हो।

यस दिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यस दिन चाँदी तोलाको २ हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि चाँदीको उच्च मूल्य तोलाको २ हजार ५१५ रुपैयाँ थियो। चाँदीको मूल्यले गत भदौ २४ गते कायम रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।