यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

Sep 14, 2025 06:49 AM Merolagani



नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार यस दिन अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ।

-

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०२ रुपैयाँ २९ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६ रुपैयाँ, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८६ पैसा कायम गरिएको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।