बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट

Sep 15, 2025 04:16 PM Merolagani



भदौ ३० गते, सोमबार बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ४३ लाख ४१ हजार ८० कित्ता शेयर गत भदौ ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सो शेयरमा कुल २४ लाख २२ हजार १७७ जनाले २ करोड ७६ लाख ३७ हजार ७२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख २२ हजार १७७ आवेदन स्वीकृत भएको थियाे ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जस अनुसार ४ लाख ३४ हजार १०८ सय आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेको बिक्री प्रबन्धकले जनाएको छ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।