मुख्य कार्यालयमा तोडफोड, आगजनी र डकैतीका फुटेजसहित एनसेलद्वारा प्रहरीमा उजुरी

Sep 15, 2025 05:50 PM merolagani



काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा जेनजी प्रदर्शन र आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र डकैतीको फुटेजसहित एनसेलले जिल्ला प्रहरी कार्यलय काठमाडौंमा उजुरी दर्ता गरेको छ ।

कम्पनीले सोमबार भएको क्षतिको विवरणसहित उजुरी दर्ता गराएको हो। कम्पनीले उजुरीमा यी घटनाहरुसँग संलग्न अपराधीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानूनको दायरामा ल्याई हदैसम्मको सजाय गर्न माग गरेको छ ।

कम्पनीले डकैती गरी लगिएको सामान फिर्ता दिलाउन, साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपुर्ति समेत दिलाई भराई पाऊँ भनी उल्लेख गरिएको छ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।