पेट्रोलियम पदार्थको मूल्य यथावत्

Sep 16, 2025 05:28 AM Merolagani



नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा साविकको खुद्रा मूल्यलाई नै यथावत राखेको छ। भदौ ३० गते, विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएपनि हाललाई पुरानै मूल्यलाई यथावत राखिएको बताएको छ।

‘आसन्न चाडपर्वको अवसर एवम् मुलुकको हालको विशेष परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्य वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत कायम गरिएको,’ विज्ञप्तिमा उल्लेख छ।

इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ४६ पैसा बढेर आएको निगमले बताएको छ।

हाल चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ ५० पैसामा बिक्री भइरहेको छ भने सुर्खेत र दाङमा पेट्रोल १६० रुपैयाँ र डिजेल तथा मट्टितेल १४४ रुपैयाँमा बिक्री भइरहेको छ। काठमाडौँ, पोखरा र दिपायलमा भने पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १४५ रुपैयाँ रहेको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।