धितोपत्र कारोबार राफसाफ तथा फछर्यौट बिनियमावली २०६९ को विनियम २८ बमोजिम सो दिनको कारोबार राफसाफ तथा फछर्यौट प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको सिडिएसीले उल्लेख गरेको छ ।
भदौ २३ र २४ गते आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण दलालको भुक्तानी प्रणालीमा प्राविधिक समस्या सिर्जना भई भुक्तानी पूर्ण रुपमा सम्पन्न गर्न नसेकेको स्टक ब्रोकर एसोसिएसन नेपालले कारोबार राफसाफ स्थगन गर्न सिडिएसीलाई पत्रचार गरेर अनुरोध गरेको थियो ।
सो दिन शेयर बजार ३५.९९ अंकले घटेर २६७२.२५ विन्दुमा झरेको छ । साथै, २२ गते भएको कारोबारको हकमा सम्पूर्ण धितोपत्र राफसाफ सम्पन्न भएको छ ।