जेनजी आन्दोलनका क्रममा ऊर्जा मन्त्रालयसहितका सरकारी कार्यालयहरुमा आगजनी भएसँगै त्यहाँ कार्यरत कर्मचारीहरु यतिबेला बस्ने ठाउँ र कार्यालय व्यवस्थापनमा जुटेका हुन् ।
कार्यालयमा आगजनी भएपछि बस्ने ठाउँ र कार्यालयकै व्यवस्थापनमा केन्द्रीत हुन थालेको मन्त्रालयका प्रवक्ता सागरराज गौतमले मेरो लगानीलाई बताए । ‘मन्त्रालयमा पनि ठूलो क्षति भएको छ । अहिले हामी बस्ने ठाउँ र कार्यालय व्यवस्थापनमै लागेको छौं,’ उनले भने, ‘धेरैजसो सरकारी गाडीहरु जलाइएको छ । नयाँ खरिद गर्ने कि भनेर मन्त्रालयमा आन्तरिक कमिटी बनाएका छौं ।’
तत्काल कार्यालय व्यवस्थापन बाहेक अन्य योजनाहरु अघि बढाउन नसक्ने अवस्था रहेको उनको भनाइ छ ।