सिंहदरबारसहित डेढ दर्जन सरकारी अड्डामा हजार बढी सवारीहरु जलेर नष्ट भएको प्नारम्भिक अनुमान

Sep 16, 2025 01:28 PM Merolagani



सिंहदरबारभित्र रहेका डेढ दर्जन मन्त्रालय तथा निकायका करिब हजारभन्दा बढी सवारीसाधनहरु आगजनीका कारण क्षति भएका छन् ।

सम्वन्धित निकायको तथ्यांककाे आधारमा ती निकायका दुई र चार पाङ्ग्रे सवारीहरुमा आगजनी भइ क्षति भएको हो ।

प्राप्त विवरणअनुसार चार पाङ्ग्रे साना तथा ठूला बसहरु ४४१ वटा र दुई पाङ्ग्रे मोटरसाइकल तथा स्कुटरहरु ६०१ वटामा क्षति भएको अनुमान गरिएको छ । प्राप्त विवराणअनुसार प्रधानमन्त्री कार्यालयमा दुई पाङ्ग्रे ७४ वटा र चार पाङ्ग्रे ४७ वटा, अर्थ मन्त्रालयका दुई पाङ्ग्रे ५४ वटा र चार पाङ्ग्रे ३६ वटा, गृह मन्त्रालयका दुई पाङ्ग्रे ३० वटा र चार पाङ्ग्रे २५ वटा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका दुई पाङ्ग्रे ३९ वटा र चार पाङ्ग्रे ९ वटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दुई पाङ्ग्रे ३६ वटा र चार पाङ्ग्रे ३५ वटा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका दुई पाङ्ग्रे ४७ वटा र चार पाङ्ग्रे २६ वटा, युवा तथा खेलकुद मन्त्रालयका दुई पाङ्ग्रे २३ वटा र चार पाङ्ग्रे १९ वटा र संघी संसदका दुई पाङ्ग्रे ३६ वटा र चार पाङ्ग्रे १८ वटा सवारीमा क्षति पुगेको अनुमान छ ।

त्यस्तैगरी, वन तथा वातावरण मन्त्रालयका दुई पाङ्ग्रे सवारी १० वटा र चार पाङ्ग्रे सवारी १७ वटा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका दुई पाङ्ग्रे ९ वटा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय(बग्गीखाना)का दुई पाङ्ग्रे २९ वटा र चार पाङ्ग्रे १८ वटा, सर्वोच्च अदालतमा दुई पाङ्ग्रे सवारीहरु गन्न नसकिने र चार पाङ्ग्रे ५१ वटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई पाङ्ग्रे १४ वटा र चार पाङ्ग्रे २२ वटा, सहरी विकास तथा भवन निर्माण विभागका दुई पाङ्ग्रे २०० वटा र चार पाङ्ग्रे ५० वटा, सडक विभागका दुई पाङ्ग्रे ७० वटा र चार पाङ्ग्रे ६५ वटा र महान्यायधिवक्ताको कार्यालयका चार पाङ्ग्रे ३ वटा सवारीहरु आगजनीका कारण पूर्ण क्षति भएको अनुमान छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।