गभर्नर विश्व पौडेल र महाप्रसाद अधिकारीको जलेको घरको सरसफाइ सुरु

Sep 16, 2025 01:20 PM merolagani



गत भदौ २४ गते जेनजीको व्यापक प्रदर्शनका क्रममा जलेका घर र कार्यालयको सरसफाइ गर्न थालिए छ। यस क्रममा वर्तमान गभर्नर डा.विश्वनाथ पौडेले र पूर्वगभर्नर महाप्रसाद अधिकारीको पनि जलेको घरको सरसफाइ हुन थालेको छ।

वर्तमान गभर्नर पौडेलको भैसेपाटी स्थित निवासमा जेनजीले आगाे लगाइदिएका थिए। उनको चितवनको घर समेत जेनजीको आक्रोशमा परेको थियो। दुवै घरको सरसफाइ सुरु भएको छ।

यता पूर्वगभर्नर अधिकारीको भैसेपाटी स्थित घर आगो लगाइएको थियो। अधिकारी भने सुरक्षित छन्। अहिले भने जलेको घरको सरसफाइ सुरु गरिएको छ। तर दुवैको घर तत्काल बस्न लायक भने छैनन्। सबै जलेर नष्ट भएका छन्।  

 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।