भारतले १५ दिन भित्र १६ हजार विदेशीलाई ‘फेरि आउन नपाउने’ गरि निस्कासन गर्दै, केही नेपालीहरु पनि पर्ने आशंका

Sep 16, 2025 01:53 PM mero lagani



भारत सरकारले इतिहासकै सबैभन्दा वृहत निस्काशन अभियान शुरु गर्ने घोषणा गरेको छ । लागू औषध नियन्त्रण अभियानको क्रममा १६ हजार विदेशी नागरिकलाई फेरि भारत आउन नपाउने गरि निस्काशन गर्ने घोषणा गृहमन्त्री अमित शाहले गरेका छन् ।

उनले नारकोटिक्स कंट्रोल ब्यूरो (एनसिबी) को सिफारिसमा ती विदेशीहरुलाई निस्कासन गर्न लागिएको बताए । लागू औषध नियन्त्रणको लागि भारतले अहिलेसम्म चालेको यो सबैभन्दा कठोर अभियान भएको गृहमन्त्री शाहको दावि छ ।

भारतमा पछिल्लो समयमा लागू औषधको समस्या भयावह बन्दै गएको र त्यसको लागि विदेशी नागरिकहरुको प्रमुख भूमिका रहेको एनसिबीले ठहर गरेको छ । त्यहीअनुसार लागू औषध कारोबारमा संलग्न रहेका, ओसार पसारमा मुछिएका संकास्पद विदेशीहरुलाई फेरि फर्किन नपाउने गरि निस्कासन गर्ने निर्णय गरेको हो । यो भारतले निस्काशन गर्न लागेको विदेशीहरुको सबैभन्दा ठूलो समुह हुने बताइएको छ ।

एनसिबीले आगामी १५ दिनभित्र अर्थात सेप्टेम्बर भित्रै ती मानिसहरुलाई निस्कासन गर्ने र १00 किलो कडा खालका लागू औषध नष्ट गर्न नशा मुक्ति अभियान शुरु गरेको छ ।

निस्कासन गरिने नागरिकहरु कुन कुन देशका हुन् भन्ने केही बताइएको छैन । तर, कतिपय संचारमाध्यमले त्यो सूचीमा केही नेपालीहरु पनि रहेको दावी गरेका छन् ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।