एनसेल २० औं वर्षमा प्रवेश, ठूलाे बज्रपातकाबीच 'उठ्ने अठाेट'

Sep 19, 2025 05:59 AM merolagani



नेपालकै प्रमुख निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेवा सुरु गरेको २० औं वर्ष पूरा गरेको छ । 

विगतमा निकै हर्षोल्लासका साथ एनसेलले आफ्नो वार्षिकोत्सव मनाउँदै आएपनि यसपालीको २० औं वार्षिकोत्सवमा त्यस्तो उत्साह देखिएको छैन् ।

गत भदौ २३ र २४ मा जेनजी प्रदशर्नका क्रममा एनसेल मुख्यालय ‘एनसेल आइकन’ मा लुटपाट र आगजनी भइ कम्पनीले ठूलो क्षति ब्यहोर्न बाध्य भयो । ऐनसेलले आफ्नाे वार्षिकोत्सव मनाउन तयारी गरिरहँदा कम्पनीमाथि सबैभन्दा ठूलो भौतिक क्षतिसहितको बज्रपात आइपर्यो । फलस्वरुप ऐनसेलले आफ्ना वार्षिकोत्सवका पूर्वनिर्धारत कार्यक्रम स्थगन गरेर आफू अझ दृढ तथा लगनशीलताका साथ पुनः उठ्ने अभियानमा लागि परेको छ ।

एनसेलले आफुमाथि ठूलो बज्रपात आइपरे पनि आम उपभोक्ता माझ सहज सञ्चारका लागि यसअघि तीन दिन निशुल्क भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा प्रदान गरेको थियो । यसअघि पनि कोरोनालगायत विभिन्न विपदजन्य तथा संकटका बेला एनसेलले निःशुल्क सेवा समेत दिँदै आएको छ ।

सन् २००५ सेप्टेम्बर १७ मा ‘मेरो मोबाइल’ नामबाट नेपालमा आफ्नो सेवा सुचारु गरेको थियो । त्यतिबेला नेपालमा ६ प्रतिशत जनसंख्यामा मात्र मोबाइलको पहुँच थियो । एनसेलको आगमनपछि नेपालीका हात हातमा मोबाइलको पहुँच विस्तार गर्नमा कम्पनीको ठूलो योगदान छ ।

मुलुकमा उत्पन्न विभिन्न आरोह अवरोधका बीच पनि एनसेलले आम उपभोक्तामाथि सेवा विस्तार गर्ने आफ्नो निर्वाहबाट कहिल्यै पनि बिचलित भएन् । बरु, त्यहीँ अवधिमा आएका टेलिया, स्मार्ट टेलिकमजस्ता निजी लगानीका सेवा प्रदायकहरु बजारमा प्रतिष्पर्धा गर्न नसकी बाहिरिए तर, ऐनसेलले भने आफ्नो सेवालाई अझ प्रतिष्पर्धी र परिस्कृत हुँदै लग्यो । सुरुमा टुजी सेवा विस्तार गरेसँगै कम्पनीले सन् २०१० मा थ्रीजी सेवा विस्तार गरेको थियो । अहिले भने कम्पनीले आम उपभोक्ता समक्ष फाइभजी सेवा विस्तार गर्ने तयारी गर्दै अघि बढेको छ । एनसेलले आफ्नो सेवा नेपालका ७७ वटै जिल्लामा विस्तार गरिसकेको छ ।

बढी कर तिर्ने करदाताको रुपमा सम्मानित

एनसेलकाअनुसार, हालसम्म सरकारलाई ३ खर्ब ६० अर्ब रुपैयाँ करबापत मात्र बुझाएको छ । सरकारले पटक पटक बढी कर तिर्ने करदाताका रुपमा सम्मानित समेत हुँदै आएको छ । कम्पनी एनबीआई बिजनेस रेजिलियन्स अवार्ड २०२, बेस्ट प्राक्टिसनर, २०२२ मा नेपालको सबैभन्दा छिटो मोबाइल नेटवर्क, एसियन टेलिकम अवाड्र्स २०२२ लगायतका दजनौ स्थानीय र अन्तर्राष्ट्रिय अवार्डबाट समेत सम्मानित हुँदै आएको छ ।

सामाजिक उत्तरदायित्व र रोजगारीमा महत्वपूर्ण टेवा

कम्पनीका अनुसार इकोसिस्टमबाट प्रत्यक्ष अप्रत्यक्ष गरी कुल एक लाख बढीले रोजगारी पाएका छन् भने प्रत्यक्ष रुपमा ५ सय जनाले रोजगारी पाएको कम्पनीले जनाएको छ । कम्पनीले हरेक वर्ष आफ्नो सामाजिक उत्तरदायित्वअन्तरगत कम्पनीले शिक्षा, स्वास्थ्य, वातावरण र कला संस्कृति संरक्षण्मा समेत योगदान दिँदै आएको छ । कम्पनीकाअनुसार, सामाजिक उत्तरदायित्वअन्तरगत २ खर्ब ५ करोडभन्दा बढी रकम खर्च गरेको छ । कम्पनीले आफ्नो १९ औं वार्षिकोत्सवमा एनसेल फाउन्डेसनको घोषणा गरेको थियो । जसमा आगामी पाँच वर्षमा सामाजिक उत्तरदायित्वका काममा थप २० करोड रुपैयाँको योगदान गर्ने प्रतिवद्धता समेत जनाएको थियो ।

विध्वंश बिर्सेर अझै दृढ भएर उठ्ने प्रतिवद्धता

जेनजी प्रदर्शनका क्रममा ऐनसेल मुख्यालय आगजनीका कारण पूर्णरुपमा ध्वंस्त बनेको छ । २० औं वार्षिकोत्सवकै संघारमा कम्पनीले अहिलेसम्मकै ठूलो भौतिक क्षति ब्यहोर्नुपर्यो । तर, परिस्थिति जे जस्तो भए पनि एनसेलले हार मानेको छैन् । अर्थात, कम्पनीले मुख्यालय जलेर खरानी भए पनि आफ्नो सेवालाई निरन्तरता दिइरहेकै छ ।

एनसेल मुख्यालयमा सामान लुटपाट, तोडफोड र आगजनी गर्नेहरु अपराधीहरुलाई पक्राउ गर्न माग गर्दै गत जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी समेत दर्ता गराएको छ । ऊजुरीमा ती घटनामा संलग्नलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याइ हदैसम्मको सजाय दिनुपर्ने माग गरिएको छ । साथै, आगजनीबाट क्षति भएको सम्पत्तिको सम्पूर्ण क्षतिपूर्ति समेत दिलाइ भराइँ पाउँ भनी ऐनसेलले उजुरी दर्ता गराएको हो ।

त्यस्तै, एनसेलले एक विज्ञप्ति जारी गर्दै आफु अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवामा जुट्ने प्रतिवद्धता जनाएको छ । ‘२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रूपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पुर्याउँदै आएको छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘आज हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छौँ ।’

 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।