सुन र चाँदीको मूल्य घट्यो

Sep 18, 2025 11:13 AM Merolagani



असोज २ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ हो भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबारको बजारमा चाँदी दुई हजार ५२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी २ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।