प्रि ओपन सेसनमा नै उच्च अंक घटेको नेप्से, नियमित कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको हो।
सो अवधिसम्ममा २०० स्टकको १ हजार ८५७ पटकको कारोबारमा १५ करोड ६६ लाख १६ हजार ९३७ रुपैयाँ ७० पैसा बराबरको ३ लाख ३४ हजार २७५ कित्ता शेयर कारोबार भएको छ।
अब शेयर कारोबार ११ बजेर २२ मिनेटमा पुनः सुचारु हुनेछ। सोपश्चात थप एक प्रतिशत अर्थात कुल ५ प्रतिशत घटेमा दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटको लागि स्थगित हुनेछ।