नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक, कारोबार ४० मिनेटको लागि स्थगित

Sep 18, 2025 11:24 AM Merolagani



असोज २ गते, बिहीबार, नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको छ।

सत्ता परिवर्तनपछि कारोबार खुलेको पहिलो दिन, नियमित बजार खुलेको २ मिनेटमा नै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट ब्रेक लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो।

११ बजेर २२ मिनेटको खुलेको बजारमा नेप्सेले गिरावटलाई निरन्तरता दिएपछि ११ बजेर २३ मिनेटमा नै नेप्से ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको हो। अब शेयर कारोबार ४० मिनेटपश्चात पुनः सुचारु हुनेछ।

 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।