तेस्रो नकारात्मक सर्किट लागेपछि आजको लागि शेयर कारोबार बन्द

Sep 18, 2025 12:07 PM Merolagani



नेप्से ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेपछि आजको लागि शेयर कारोबार बन्द भएको छ।

नियमित बजार खुलेको २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो। सर्किटपछि ११ बजार २२ मिनेटमा खुलेको बजार, १ मिनेटमा नै थप १ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि कारोबार स्थगित भएको थियो।

सोपश्चात १२ बजेर ३ मिनेटमा खुलेको बजारमा १२ बजेर ६ मिनेटमा नेप्से पुनः १ प्रतिशत घटेपछि तेस्रो सर्किट लागेर आजको लागि शेयर कारोबार बन्द भएको हो।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।