तथ्यांक अनुसार सबैभन्दा बढी बीमा दाबी दी ओरियन्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा ४० वटा निवेदनबाट ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । दी ओरियन्टल इन्स्योरेन्समा पाँच तारे होटल हिल्टनको बीमा रहेका कारण धेरै दाबी परेको हो । आन्दोलनका क्रममा हिल्टन होटल पुरै ध्वस्त हुने गरी आगलागी तथा तोडफोड भएको छ ।
त्यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा जेनजी आन्दोलनका कारण भएको तोडफोड तथा आगजानीका कारण झन्डै ५ अर्ब रुपैयाँको बीमा दाबी परेको छ । सिद्धार्थमा भाटभटेनीलगायतको बीमा रहेको छ । तथ्यांक अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स मात्रै ४ अर्ब ९३ करोड २२ लाख रुपैयाँ बराबरको २ सय ५८ वटा निवेदन परेको छ।
शिखर इन्स्योरेन्समा पनि २ अर्ब ३९ करोड ४ लाख रुपैयाँ बरारबरको ३ सय ६६ वटा निवेदन परेको छ भने इजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ बराबरको २४ वटा बीमा दाबीको निवेदन परेको छ ।
त्यस्तै सगरमाथा लुम्बिनीमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ बराबरको २ सय ३३ वटा, हिमालयन एभरेष्ट इन्स्योरेन्सरमा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ बराबरको १ सय ९६ वटा र नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख रुपैयाँ बराबरको ४० वटा निवेदन परेको बीमा प्राधिकरणले जनाएको छ ।
त्यस्तै सानिमा जीआईसी इन्स्योरेन्समा ७८ करोड ९३ लाख रुपैयाँ बराबरको १ सय २९ वटा, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख रुपैयाँ बराबरको १ सय ७२ वटा, युनाइटेड अजोड इन्स्योरेन्सको ४८ करोड ७४ लाख रुपैयाँ बराबरको १ सय ७० वटा, नेपाल इन्स्योरेन्समार ४६ करोड ९४ लाख रुपैयाँ बराबरको ७९ वटा, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख रुपैयाँबरको १ सय ५१ वटा तथा प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख रुपैयाँको ६९ वटा आवेदन परेको छ ।
नेसनल इन्स्योरेन्समा ६ करोड ८२ लाख रुपैयाँको १९ वटा तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड १३ लाख रुपैयाँ बीमा दाबीको ९ वटा, स्टार माइक्रो इन्स्योरेन्समा ६७ लाख ७ हजारको ६ वटा, नेपाल माइक्रो इन्स्योरेन्समा ५६ लाख ३२ हजारको १५ वटा तथा ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४२ लाख रुपैयाँ बीमा दाबीको ८ वटा आवेदन परेको छ ।