न्यौपानेको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ । न्यौपानेले दिएको राजीनामा बिहीबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ । पारिवारिक कारण देखाउँदै उनले बैंकको सीईओबाट राजीनामा दिएका हुन् ।
न्यौपाने बैंकमा पहिलो कार्यकलको ४ वर्ष पुरा गरी दोस्रो कार्याकालका लागि पुनः नियुक्त भएका थिए। दोस्रो कार्यकाल सकिन धेरै समय भने बाँकी थिएन ।