प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता, के भने मोदीले ?

Sep 18, 2025 02:25 PM merolagani



अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

 यो जानकारी मोदी आफैंले एक्समार्फत् दिएका हुन् ।

‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग आत्मीय कुराकानी भयो । हालैको दुस्खद घटनामा ज्यान गुमाउनेप्रति हार्दिक समवेदना व्यक्त गरेँ,’ । शान्ति तथा स्थिरता कायम गर्न उहाँले गरिरहेको प्रयासप्रति भारतको अटल समर्थन पुन: व्यक्त गरेँ,’ उनले लेखेका छन् ।

यसअघि सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै मोदीले बधाई दिइसकेका थिए । आज भने टेलिफोन वार्ता भएको हो । कुराकानी आत्मीय भएको मोदीले उल्लेख गरेका छन् ।

उनले असोज ३ गतेको नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिएका छन् ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।