भेटका क्रममा उद्योगी व्यवसायीहरुले बधाइ तथा सफलताको शुभकामना दिँदै विषम परिस्थितिले देशमा शान्ति सुरक्षामाथि प्रश्न उब्जाएको र व्यवसायिक वातावरण बन्न नसकेको बताएका थिए ।
चेम्बर अध्यक्ष कमलेश अग्रवालसहितको पदाधिकारीको टोलीले अर्यालसमक्ष भेटेर निजी लगानीको सुरक्षा र लगानीकर्तामा विश्वास दिलाउँदै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।
व्यवसायीसँगको भेटघाटमा गृहमन्त्री अर्यालले विषम परिस्थितिमा निजी क्षेत्रले भोग्नुपरेको क्षति र समस्याका बारेमा सरकार गम्भीर रहेको बताएका थिए । उनले आगामी दिनमा व्यवसायीको मनोबल उकास्ने गरी सरकारले कार्यक्रम ल्याउने बताएका थिए ।