एक हप्तामा नै ७० हजारले छाडे काठमाडाैं

Sep 18, 2025 03:20 PM merolagani



पछिल्लो एक हप्ताको अवधिमा ७० हजार जनाले काठमाडौं छाडेका छन् । 

सरकारले दशैंका लागि सवारीको अग्रिम टिकट बुकिङ नखुलाएपछि ७० हजार जनाले काठमाडौं छाडेर गाउँ पुगेका हुन् ।

काठमाडौंमा पेशा व्यवसाय गरेर बस्ने व्यक्तिहरु अग्रिम टिकट नपाइने डरका कारण एक हप्तामा गोंगबु बसपार्कबाट यात्रुहरु गाउँ जाने क्रम समेत बढेको हो ।

जेनजी प्रदर्शन सकिएलगत्तै गोंगबु बसपार्कबाट बाहिरिने यात्रुहरुको चाप बढ्दै गएको ल्होत्से बहुउद्धेश्य कम्पनी लिमिटेडका म्यानेजर पंकज मल्लले बताए ।



उनका अनुसार, गत भदौ २५ गतेदेखि असोज २ गतेसम्म ७० हजार जना यात्रुहरुले काठमाडौं छाडेका हुन् । ‘जेनजी प्रदर्शनपछि भदौ २५ देखि नै गाउँ जाने यात्रुहरुको चाप बढिरहेको छ । यो अवधिमा असोज २ गतेसम्म ७० हजार जनाले काठमाडौं छाडेका छन्,’ उनले मेरो लगानीलाई जानकारी दिए ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।