अर्थले काट्यो बिमा प्राधिकरणलाई पत्र, शरद ओझालाई काम नगर्न / नगराउन निर्देशन

Sep 18, 2025 04:52 PM merolagani



अर्थ मन्त्रालयले नेपाल बिमा प्राधिकरणलाई बिहीबार पत्र काटेको छ। प्राधिकरणकमा बर्खास्तमा परेका अध्यक्ष शरद ओझाले आफूखुशी काम गर्न थालेकाे निष्कर्श निकालेपछि मन्त्रालयले उनलाई काम गर्न नदिनु भन्ने आशयको पत्र काटेको हो।

“प्राधिकरणमा अध्यक्ष हैसियतमा काम गरेको भन्ने सूचना आएपछि हामीलाई बहाली सम्बन्धी कुनै सूचना नआइसकेकोले कोही कसैलाई पनि अध्यक्षको हैसियतमा हाजिर नगर्नु /नगराउनु भनी पत्र लेखिएको हो” मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले भने।

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि ओझा आफै मङ्गलवार प्राधिकरण पुगेर हाजिर गरेका थिए। सर्वोच्चले गत भदौ २३ गते ओझालाई बर्खास्तकी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सोही आदेशको आधारमा ओझा प्राधिकरणमा हाजिर हुन पुगेका थिए। 

 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।