प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत थम्पसनले हालैका प्रदर्शनहरूमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री कार्कीलाई बधाइ तथा शुभकामना व्यक्त गरे ।
उनले नेपालको अबको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन दोहोर्याउने बताए । अमेरिका र नेपालबीच ७८ वर्षभन्दा अघि देखिको साझेदारीलाई स्मरण गर्दै दुवै पक्षले व्यापार, आर्थिक वृद्धि, विपद् व्यवस्थापन, र नेपालकै सबैभन्दा रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसीसी सम्झौताका प्राथमिकताहरूमा छलफल गरे ।
उनले अमेरिका र नेपाललाई अझ सुरक्षित, सबल, र समृद्ध बनाउन सहयोग पुर्याउन सहयोगी भूमिका खेल्ने बताए । भेटमा प्रधानमन्त्री कार्कीले पनि दुई देशबीच कुटनीति र पारस्परिक सहयोग आवश्यक रहेको बताएकी थिइन् ।