सुनको मूल्य हालसम्मकै उचाईमा, चाँदीले गर्यो रेकर्ड ब्रेक

Sep 21, 2025 10:53 AM Merolagani



असोज ५ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुनको मूल्य गत भदौ ३१ गते कायम भएको रेकर्डमा पुगेको छ भने चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।

यसदिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ४० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत भदौ ३१ गते कायम गरेको ऐतिहासिक उचाईमा सुनको मूल्य पुगेको हो । गत शुक्रबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आईतबार चाँदी तोलाको २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यले दुई हजार ५९५ रुपैयाँको उचाईलाई ब्रेक गरेर नयाँ उचाई बनाएको हो । गत शुक्रबारको बजारमा चाँदी दुई हजार ५८० रुपैयाँमा कारोबार भएकाे थियाे।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।