डलरको मूल्यले बनायो नयाँ रेकर्ड, अन्य मुद्राको विनिमयदर कति?

Sep 24, 2025 07:09 AM Merolagani



असोज ८ गते, बुधबार, अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको मूल्य १४२ रुपैयाँ ३२ पैसा (बिक्रीदर) पुगेर नयाँ रेकर्ड बनाएको हो।

यस अघि गत भदौ २७ गते डलरको बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा पुगेर रेकर्ड कायम गरेको थियो। यस दिन सो रेकर्डलाई तोडेर डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो। यस दिन डलरको खरिददर भने १४१ रुपैयाँ ७२ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। आज स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा छ।

यसैगरी सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ४३ पैसा र बिक्रीदर ११० रुपैयाँ ९० पैसा तोकिएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।