Tue, Mar 03, 2026
असोज ८ गते, बुधबार, झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर बिक्री गरेको थियो। सो शेयरमा १८ लाख ६८ हजार १४१ जनाले २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ४७ हजार ३३३ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ६ कित्ता शेयर सोही लगानीकर्ताहरुमा एक कित्ताका दरले बाँडफाँट गरिएको छ। जसअनुसार ६ जना आवेदकले ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर बिक्री गरेको थियो। सो शेयरमा १८ लाख ६८ हजार १४१ जनाले २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ४७ हजार ३३३ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ६ कित्ता शेयर सोही लगानीकर्ताहरुमा एक कित्ताका दरले बाँडफाँट गरिएको छ। जसअनुसार ६ जना आवेदकले ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।