तथ्यांक अनुसार सबैभन्दा बढी बीमा दाबी सिद्धार्थ प्रिमियम इन्स्योरेन्समा ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँको बीमा दाबी परेको छ । सिद्धार्थ प्रिमियममा ३ सय ७ वटा आवेदनबाट सो बराबरको बीमा दाबी परेको छ । स्रोतका अनुसार सिद्धार्थ प्रिमियरमा भाटभटेनी सुपरमार्केटको बीमा रहेका कारण धेरै रकमको बीमा दाबी परेको हो । त्यस्तै दी ओरियन्टल इन्स्योरेन्समा ८६ वटा निवेदनबाट ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । दी ओरियन्टल इन्स्योरेन्समा पाँच तारे होटल हिल्टनको बीमा रहेका कारण धेरै दाबी परेको हो । आन्दोलनका क्रममा हिल्टन होटल पुरै ध्वस्त हुने गरी आगलागी तथा तोडफोड भएको छ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ सय ९६ वटा आवेदनबाट अहिलेसम्म २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँको बीमा दाबी परेको छ भने शिखर इन्स्योरेन्समा २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ बराबरको ३ सय ९७ वटा निवेदन परेको छ ।
सगरमाथा लुम्बिनीमा १ अर्ब ५७ करोड ५९ लाख रुपैयाँ बराबरको ३ सय २२ वटा, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब २३ करोड ७८ लाख रुपैयाँ बराबरको २ सय ६१ वटा र नेको इन्स्योरेन्समा १ अर्ब १२ करोड ४३ लाख रुपैयाँ बराबरको २ सय २९ वटा निवेदन परेको बीमा प्राधिकरणले जनाएको छ ।
त्यस्तै राष्ट्रिय बीमा कम्पनीमा ९० करोड ६८ लाख रुपैयाँ बराबरको ३ सय ७५ वटा, सानिमा जीआईसी इन्स्योरेन्समा ८४ करोड ४४ लाख रुपैयाँ बराबरको १ सय ५२ वटा, युनाइटेड अजोड इन्स्योरेन्सको ५३ करोड २० लाख रुपैयाँ बराबरको २ सय ५ वटा, एनएलजी इन्स्योरेन्समा ५१ करोड रुपैयाँ बराबरको १ सय ९० वटा, नेपाल इन्स्योरेन्समा ४८ करोड २ लाख रुपैयाँ बराबरको ९२ वटा, प्रभु इन्स्योरेन्समा २० करोड ४९ लाख रुपैयाँको १०८९ वटा र नेसनल इन्स्योेरेन्समा ६ करोड ८९ लाख रुपैयाँको २२ वटा आवेदन परेको छ ।
यता प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड १५ लाख रुपैयाँ बीमा दाबीको १० वटा, स्टार माइक्रो इन्स्योरेन्समा ७२ लाख ३८ हजारको ९ वटा, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४४ लाख रुपैयाँ बीमा दाबीको ९ वटा आवेदन र नेपाल माइक्रो इन्स्योरेन्समा ४१ लाख ५० हजारको १७ वटा आवेदन परेको छ ।
निर्जीवन बीमा कम्पनीहरुले हुलदंगा तथा आतंकवाद बीमा अन्तर्गतको बीमा ३५ प्रतिशत जोखिम आफूले लिएर बाँकी ६५ प्रतिशत नेपाल पुनर्बीमा कम्पनीमा जोखिम ट्रान्सफर गरेका थिए । त्यस अनुसार नेपाल पुनर्बीमा कम्पनीमा अहिलेको दाबी अनुसार करिब १५ अर्ब २० करोड रुपैयाँको दायित्व पर्ने सम्भावना रहेको छ । नेपाल पुनर्बीमा कम्पनीले पनि आफूले लिन सक्ने बीमा आफूले सकारेर बाँकी रकम विदेशको पुनर्बीमा कम्पनीमा रेट्रोसेसन गराएका छन् ।
बीमालेखको प्रकृति अनुसार अहिलेसम्म सबैभन्दा बढी बीमा दाबी सम्पत्ति बीमामा परेको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमामा ५ सय ९४ वटा आवेदनबाट १९ अर्ब ३ करोड २८ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यस्तै मोटर बीमामा दोस्रो धेरै दाबी परेको छ । मोटर बीमामा २ हजार २ सय ९ आवेदनबाट ३ अर्ब ६५ करोड ४ लाख ९८ हजार रुपैयाँ बराबरको दाबी परेको छ । इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १ सय ४४ वटा आवेदनबाट ३४ करोड ७२ लाख रुपैयाँ, परिवहन बीमामा १ करोड ५५ लाख रुपैयाँ तथा अन्य बीमामा ३४ करोड ६६ लाख रुपैयाँको बीमा दाबी परेको छ ।
प्रदेशको आधारमा सबैभन्दा धेरै दाबी बागमती प्रदेशमा १६ सय ८ वटा आवेदनमार्फत १८ अर्ब ४ करोड ३ लाख रुपैयाँको दाबी परेको छ भने सबैभ्न्दा कम दाबी कर्णाली प्रदेशमा २५ वटा निवेदनबाट ८ करोड ९८ लाख रुपैयाँको दाबी परेको छ । बागमती पछि धेरै दाबी कोशी प्रदेशमा ३ सय ७७ आवेदनबाट २ अर्ब २ करोड ५० लाख रुपैयाँको दाबी परेको छ । कोशीपछि गण्डकी प्रदेशमा परेको छ । गण्डकी प्रदेशमा २ सय १९ वटा निवेदनबाट १ अर्ब ७९ करोड ३४ लाख रुपैयाँको दाबी परेको छ ।