बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी शर्मालाई

Sep 26, 2025 01:34 PM Merolagani



सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को असोज ९ गतेको निर्णय अनुसार शर्मालाई अध्यक्षमा नियुक्त गरिएको हो । शुक्रबार एक समारोहका शर्माले अर्थमन्त्री रामेश्वर खनाल समक्ष सपथ लिएका छन् । उनले शुक्रबारबाटै पदबहाल गर्ने कार्यक्रम छ । निवर्तमान अर्थमन्त्री विष्णु पाैडेलले बीमा प्राधिकरणमा सेवन्तक पाेखरेललाई अध्यक्षकाे जिम्मेवारी दिएर नयाँ नियुक्तिका लागि दरखास्त आह्वान गरेकाे थियाे।

करिब १ वर्ष अघि नियुक्ति पाएका शरद ओझा फर्जी कागजात पेश गरेर नियुक्त भएकाे प्रमाणित भएपछि उनी बर्खास्त भएका थिए ।