सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

Sep 29, 2025 06:41 AM merolagani



नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १३ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपैयाँ ०३ पैसा पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।




सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश

Sep 26, 2025 12:09 PM

सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।