काठमाडौँ इटुम्बहालकी आर्यतारालाई गत आइतबार नयाँ कुमारीको रुपमा छनोट गरिएको थियो। साढे २ वर्षकी उनलाई विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने बताइएको छ। त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिनेछ।