सुन र चाँदीको मूल्यमा रेकर्ड ब्रेक, कति पुग्यो मूल्य ?

Sep 28, 2025 10:58 AM Merolagani



असोज १२ गते, आईतबार,नेपाली बजारमा सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले यसभन्दा पहिलेको दुई लाख २३ हजार रुपैयाँको उचाई ब्रेक गरेर आज नयाँ उचाई बनाएको हो । गत शुक्रबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको ७० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । आईतबारको बजारमा चाँदी तोलाको २ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी दुई हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गरेर चाँदी नयाँ उचाई बनाएको हो । पछिल्ला दुई दिनमा चाँदीको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढेको हो ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।