सुन र चाँदीको मूल्यमा निरन्तरको रेकर्ड ब्रेक

Oct 06, 2025 10:51 AM Merolagani



असोज २० गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आईतबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले एतिहासिक उचाई बनाएको हो ।

यसैगरी यस दिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो । आजको बजारमा चाँदी तोलामा ३० रुपैयाँ बढेर २ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा २ हजार ९३० रुपैयामा खरिदबिक्री भएको थियो । चाँदीको पनि आईतबार कायम मूल्यलाई ब्रेक गरेर नयाँ उचाई बनाएको हो ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।