बाढीले सवैभन्दा बढी क्षति पुर्यायाे इलामका जलविद्युत् आयोजनालाई,अधिकांश नेप्सेमा सूचीकृत, यी हुन बन्द भएका १५ आयोजना

Oct 06, 2025 12:21 PM Merolagani



गत असोज १८ गतेको अविरल वर्षाका कारण आएको बाढीले ११३ मेगावाट बराबरका १५ वटा जलविद्युत् आयोजनाहरु बन्द भएका छन् । 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इप्पान) नेपालले दिएको प्रारम्भिक विवरणअनुसार, सवैभन्दा बढी इलाम जिल्लाका जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएको हो । बाढीका कारण चालू अवस्थाका जलविद्युत् आयोजनामा क्षति पुग्दा राष्ट्रिय प्रणालीबाट ११३ मेगावाट विद्युत् उत्पादन समेत बन्द भएको हो ।

प्राप्त विवरणअनुसार, ४.५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला, ७ मेगावाटको माइखोला क्यासकेड, ७.८ मेगावाटको सुपरमाइ, ९.६ मेगावाटको सुपरमाइ ए, ३ मेगावाटको सुुपरमाइ ए क्यासकेड, ७.६ मेगावाटको जोगमाइखोला, ५.२ मेगावाटको जोगमाइ क्यासकेड, ६.२ तल्लो जोगमाइ, ९.५ मेगावाटको माइबेनी हाइड्रोपावर, ९.९ मेगावाटको माथिल्लो माइखोला, ५.१ मेगावाटको माइ सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २, ३ मेगावाटको अपर पुवा २ जलविद्युत् आयोजना बाढीका कारण बन्द भएका हुन् । यी मध्ये अधिकांश नेप्सेमा सूचीकृत कम्पनीहरु हुन् ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।