मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 16, 2025 06:51 AM Merolagani



असोज ३० गते, बिहीबार, मुक्तिनाथ विकास बैंक (MNBBL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ३१ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले कात्तिक १५ गते, शनिबार, होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरमा उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १३.५३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई मर्ज अथवा एक्वायर गर्ने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्यिारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।