ओलीको पालामा नियुक्ति पाएका राजदूतहरुलाई फिर्ता बोलाउने मन्त्रिपरिषदकाे निर्णय

Oct 16, 2025 06:04 PM Merolagani



सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषदकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

बैठकले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हाे ।