Wed, Oct 22, 2025
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र परिवर्तनका बाहक जेनजी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा रहेकाे बताएकी छिन् । बुधबार नेपाल संवतकाे अवसरमा काठमाडौंका बसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
यसैगरी उनले फागुन २१ गते तय भएको निर्वाचनको वातावरण तयार पार्नका लागि सरकार दत्तचित्त भएर लागेको बताएकी छिन् । जेनजी समुदाय र राजनीतिक दलहरूसँग प्रत्येक दिन कुन न कुनै माध्यमबाट सरकारले संवाद गरिरहेको उनको भनाइ छ।
हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।