बुधबार (कात्तिक ५) बेलुका सामाजिक सञ्जालमार्फत उनले आन्दोलनका क्रममा कांग्रेस, एमालेले देश जलाएर बालबालिकालाई दोष दिएको भन्दै रोष प्रकट गरेका छन् ।
‘जेनजी’को प्रदर्शनका क्रममा कांग्रेस, एमालेकै कार्यकर्ताबाट आगजनी गरिएको उनको आरोप छ ।
यस्ताे छ मेयर बालेनको फेसबुक स्टाटस
तुइन र काठको पुल बनाउने नेताहरू भन्छन्,
यो देश विदेशीले बिगार्यो,
भिसा पाउनलाई तिमीहरूको घर धाउनुपर्छ,
अरूलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ,
कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ !
चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ !
लाज लाग्दैन ?