काँग्रेस केन्द्रिय समितिको बैठक बस्दै

Nov 05, 2025 08:43 AM Merolagani



नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक आज पनि जारी छ। तिहारअघिबाट शुरु भएको केन्द्रिय समितिको बैठक महाधिवेशनको मिति घोषणा हुन नसकेको भन्दै स्थगित हुँदै आएको छ।

संस्थापन पक्षधर नेताहरु तत्काल महाधिवेशन गर्न नहुने पक्षमा छन् भने इतर पक्षहरु तत्काल नियमित महाधिवेशन गर्न माग गर्दै आएका छन्। नियमित हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने भन्दै हस्ताक्षर समेत बुझाइसकेका छन्।

महामन्त्री गगन थापाले पुसको तेस्रो हप्तामा महाधिवेश गर्न कार्यतालिका प्रस्तुत गरेका छने भने संस्थापन पक्षबाट सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ देखि २९ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका छन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।