आइसीसी विश्वकप क्रिकेट लिग २ः नेपाल र युएई बीच खेल हुँदै

Nov 05, 2025 09:36 AM Merolagani



आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आज नेपाल र युएई बीच खेल हुँदैछ। नेपाल अमेरिका र युएई सहभागी रहेको यस सिरिजको यो अन्तिम खेल हो। सो खेल नेपाली समय अनुसार आज बिहान ११ः१५ बजे शुरु हुनेछ।

यस सिरिजमा नेपालले कुनै खेलमा जित हासिल गरेको छैन भने युएई एक खेलमा विजयी भएको छ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ला, गुल्शन झा, सोमपाल कामी, करण केही, मोहम्मद आरिफ शेख, मोहम्मद आसिफ शेख, नन्दन यादव, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशीलगायत रहेका छन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।