यस विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक मार्गमा थ्री-क्लास सुविधासहित सेवा दिन थालेको हो। यो रणनीतिक सुधारले नेपालको बजारमा पहिलो पटक प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी तथा इकोनोमी वर्गको विकल्प दिएको हो। जसले उडान भर्दै आएको बोइङ ७७७(Boeing-777) अपरेसनलाई प्रतिस्थापन गरेको छ।
नेपालको यात्रु सेवा र अनुभवलाई अझै परिस्कृत बनाउन सधै प्रतिबद्ध रहेको थाइ एयरवेजले जनाएको छ। बैंकक र नेपालबीच यात्रुहरूलाई उच्चस्तरीय आरामदायी सुविधा 'Smooth as Silk' सहितको सेवा प्रदान गरिरहेको हो।
कार्तिक ९ देखि थाइ एयरवेज इन्टरनेशनलले Airbus A330‑300 दैनिक दुई पटक काठमाडौँमा उडान भर्दै आइरहेको छ।