नौ दलको एकता आज, भृकुटीमण्डपमा पुग्दै नेताहरु

Nov 05, 2025 11:22 AM Merolagani



आज नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका नौ वटा राजनीतिक दलहरुबीच एकता घोषणा कार्यक्रम हुँदैछ । आज दिउँसो १ बजे भृकुटीमण्डपमा पार्टीहरुबीच एकता हुन लागेको हो ।

जेनजी आन्दोलनपछि कम्युनिष्टहरु एक हुनुपर्ने रायसहित नौ वटा पार्टीले एकता गर्न लागेका हुन् । जसमा माओवादी केन्द्रकै जनार्दन शर्मा पक्ष र एकीकृत समाजवादीको झलनाथ खनाल र घनश्याम भुसाल पक्षधर नेताहरु भने असहमतिका साथ एकता प्रक्रियाबाट बाहिरिएका छन् ।

 

 

वाम कम्युनिष्ट एकता आजको आवश्यकता भएको भन्दै कम्युनिष्ट पार्टीहरु एक हुन लागेका हुन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।