नेशनल लाईफ इन्स्योरेन्सले प्रदान गर्यो भौतिक पूर्वधार पुर्ननिर्माण कोषमा आर्थिक सहयोग

Nov 05, 2025 12:04 PM Merolagani



नेशनल लाईफ इन्स्योरेन्स कं. लि. (NLICL) ले नेपाल सरकारद्वारा स्थापना गरेको भौतिक पूर्वधार पुर्ननिर्माण कोषमा आर्थिक सहयोग प्रदान गरेको छ।

गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देशभरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड रुपैयाँको आर्थिक सहयोग गरेको छ। उक्त रकम बराबरको चेक इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले हिजो एक विशेष कार्यक्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका थिए।

इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो। प्रमुख कार्यकारी अधिकृत खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण लगायत क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए।

इन्स्योरेन्सले यस प्रयोजनको लागि नियामक निकायवाट जारी निर्देशन अनुसार प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।