काठमाडौंमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो बताएका हुन् । उनले संविधान, राज्य व्यवस्था, बसाईँसराई, आर्थिक गतिविधि, बजारको विस्तार लगायतका धेरै गतिविधिले समाज नयाँ हिसावले पुनःगठित भएको बताए ।
प्रविधि, यसको विकास र यसले समाजमा पारेको प्रभाव, मनोविज्ञानले धेरै कुरा बदलिएपनि पुराना पार्टीहरुको नेतृत्व भने बदलिन नसकेको बताए। उनले संसद विघटन गर्दा पनि केपी ओली एमाले अध्यक्ष भइरहने, पार्टी सकिएर जाँदा पनि पुष्पकमल दाहाल माओवादी केन्द्रको अध्यक्ष भईरहने प्रवृत्ति हट्न नसकेको बताए । उनले सुशासनको कुरा गर्ने तर भ्रष्टाचार मुद्दा लागेपछि पनि एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी अध्यक्ष छाड्न नचाहेको बताए ।
उनले भने, ‘हामी धेरै नयाँ भईसकेका छौँ । हामी नयाँ संविधान लेख्यौँ, राज्य व्यवस्था नयाँ बनायौँ, बसाईँसराई अरु आथिएक गतिविधि बजारको विस्तार यी गतिविधि धेरै कुराले हाम्रो समाज नयाँ हिसावले पुर्नगठित हुँदैछ । यसको संरचनामा ठुलाठुला परिवर्तन आएका छन् । प्रविधि, यसको विकास, यसले समाजमा पारेको प्रभाव, मनोविज्ञान त्यो धेरै कुरा बदलियो । गएको १० वर्षमा, १५ वर्षमा, २० वर्षमा धेरै कुरा बदलियो तर बदलिँदै नबदलिएको एउटा कुरा छ, त्यो हो, हाम्रा पुराना पार्टीहरुको नेतृत्व । त्यो बदलिएन । सबै चीज बदलिनुपर्ने र बदलिसक्यो । तर पुराना पार्टीहरु नेतृत्व सधैभरी त्यही रहनुपर्ने ।’
उनले राजनितिक पार्टी र त्यसको नेतृत्व सुधार नभएसम्म राज्य संयन्त्रन सुध्रिन नसक्ने बताए ।