इतिहास रच्दै सबैभन्दा कान्छा र पहिलो मुस्लिम मम्दानी बने न्युयोर्कको मेयर

Nov 05, 2025 01:18 PM merolagani



३४ वर्षीय जोहारन मम्दानी न्युयोर्क सहरको मेयर पदमा विजयी भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार मम्दानीले १० लाखभन्दा धेरै मत मत ल्याएर मेयर विजयी भएका हुन् ।

मम्दानी न्युयोर्कको पहिलो मुस्लिम मेयर मात्रै होइन, उनले पहिलो एसियाली र सबैभन्दा कान्छा मेयरको समेत रेकर्ड बनाएका छन् ।

डेमोक्रेटिक पार्टीको राष्ट्रिय राजनीतिमा पनि यसले महत्त्वपूर्ण अर्थ राख्ने अपेक्षा गरिएको छ ।

युगान्डामा भारतीय मूलका बाबु–आमाको कोखबाट मम्दानीको जन्म भएको थियो । उनी ७ वर्षको उमेरदेखि अमेरिकामा बस्दै आएका छन् । मम्दानी प्रसिद्ध भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमूद मम्दानीका छोरा हुन् ।

‘आशा जीवित छ,’ आफ्नो विजयी भाषणमा मम्दानीले भने,‘ असम्भवलाई सम्भव बनाउन सकिन्छ भन्ने आशाको अनुमति न्युयोर्कवासीले दिएकाले हामीले जित्यौं । हामीमाथि जे राजनीति भइरहेको छ, त्यस्तो हुनुहुँदैन भनेर हामीले जोड दियौं, त्यहीकारण जित्यौं ।’

 

उनले पूर्वभारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको प्रसिद्ध भनाइ पनि उद्धृत गरेका छन्, ‘एउटा क्षण आउँछ, इतिहासमा दुर्लभ रूपमा, जब हामी पुरानोबाट नयाँमा जान्छौं, जब एउटा युग अन्त्य हुन्छ र लामो समयदेखि प्रताडित राष्ट्रको आत्माले बोल्न थाल्छ ।’ उनले राजनीतिक अन्धकारबीच न्युर्योक सहर प्रकाश बनेर आएको बताए । ‘अब कसैले न्युर्योकमा इस्लामफोयिबा फैलाएर जित्न सक्दैन,’ उनले भने ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।