प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक बढ्यो नेप्से

Nov 06, 2025 10:54 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १२.१७ अंक बढेर २६०७.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३० अंक बढेर २६०९.७२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८२ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४९ स्टकको ११४ पटकको कारोबारमा ४४ लाख ६५ हजार ५३४ रुपैयाँ ४० पैसाबराबरको ६ हजार ४०७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।