पहिलो पटक पीएलओले सुरु गर्यो इन्डष्ट्रियल इन्जिन आयल उत्पादन

Nov 06, 2025 01:31 PM merolagani



नेपालमा पहिलो पटक पीएलओ(पूर्वाञ्चल ल्युब आयल) ले इन्डष्ट्रियल इन्जिन आयल उत्पादन सुरु गरेको छ ।

नेपालको सबैभन्दा ठूलो लुब्रिकेन्ट कम्पनी पीएलओले उद्योगका लागि आवश्यक पर्ने आयल भारत र अन्य मुलुकबाट आयात गर्ने गरेकाे थियाे ।

पीएओले नेपालमै उत्पादन सुरु गर्न थालेपछि अब उद्योगहरुले पनि सहजै पाउने अवस्था बनेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलालले बताए । उनका अनुसार, पहिलो पटक सुरु गरिएको आयल अन्तराष्ट्रियस्तरको हुनेछ । त्यस्तै, कम्पनीले विद्युतीय ट्रान्सफर्मरका लागि आवश्यक पर्ने आयल पनि उत्पादन सुरु गरेको छ ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।