काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे

Nov 10, 2025 12:27 PM merolagani



काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न सत्रौं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट नयाँ कार्यसमितिको चयन गरेको हो ।

त्यस्तै, संघको उपाध्यक्ष हरी ज्ञवाली, सचिव काली प्रसाद रिमाल, सह सचिव मिलन तमखु र कोषाध्यक्षमा चन्द्र लाल राई गरी ५ जना कार्यसमिति पदाधिकारी चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा ११ जना चयन गरेको छ ।

जसअन्तर्गत केशव राज भट्टराई, बासुदेव घिमिरे, विनोद ढकाल, देवराज गुरुङ, रामचन्द्र भट्ट, सुजन तिमल्सिना, रेन्जु मगर, नवराज घिमिरे, ठाकुर प्रसाद अधिकारी, रेशम अधिकारी र विनेश श्रेष्ठ रहेका छन् ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।