काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे

Nov 10, 2025 12:27 PM merolagani



काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न सत्रौं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट नयाँ कार्यसमितिको चयन गरेको हो ।

त्यस्तै, संघको उपाध्यक्ष हरी ज्ञवाली, सचिव काली प्रसाद रिमाल, सह सचिव मिलन तमखु र कोषाध्यक्षमा चन्द्र लाल राई गरी ५ जना कार्यसमिति पदाधिकारी चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा ११ जना चयन गरेको छ ।

जसअन्तर्गत केशव राज भट्टराई, बासुदेव घिमिरे, विनोद ढकाल, देवराज गुरुङ, रामचन्द्र भट्ट, सुजन तिमल्सिना, रेन्जु मगर, नवराज घिमिरे, ठाकुर प्रसाद अधिकारी, रेशम अधिकारी र विनेश श्रेष्ठ रहेका छन् ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।