स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो बन्दीपुर केबलकार र स्वस्तिक लघुवित्तको पहिलो कारोबार?

Nov 11, 2025 10:47 AM Merolagani



कात्तिक २५ गते, मंगलबार, स्पेशल प्रि ओपन सेसनमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (BANDIPUR) र स्वस्तिक लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ। यस दिन बन्दीपुरको शेयर प्रतिकित्ता २८५ रुपैयाँमा पहिलो कारोबार भएको हो भने स्वस्तिकको शेयर प्रतिकित्ता ३९१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।

यी दुबै कम्पनीको शेयर हिजो अर्थात सोमबार नेप्सेमा सूचीकृत भएको थियो। बन्दीपुरले सर्वसाधारणमा वितरण गरेको ५८ लाख ६० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख ४० हजार कित्ता शेयर गरी कुल २ करोड ८३ लाख कित्ता शेयर साे दिन नेप्सेमा सूचीकृत भएको हो।

त्यस्तै, स्वस्तिक (SWASTIK) ले सर्वसाधारणमा वितरण गरेको २ लाख ३१ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ३ लाख ४६ हजार ५०० कित्ता शेयर गरी कुल ५ लाख ७७ हजार ५०० कित्ता शेयर पनि सो दिन नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले बन्दीपुरलाई ९५ रुपैयाँ २४ पैसादेखि २८५ रुपैयाँ ७२ पैसासम्मको र स्वस्तिकलाई १७१ रुपैयाँ ७८ पैसादेखि ५१५ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आजको स्पेशल प्रि ओपन सेसनमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो। अब यी कम्पनीहरुको शेयर नियमित दोस्रो बजारमा कारोबार हुनेछ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।