स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो सुपर खुदी हाइड्रोपावरको पहिलो कारोबार?

Mar 25, 2026 10:47 AM Merolagani



चैत ११ गते, बुधबार, स्पेशल प्रि ओसन सेसनमा सुपर खुदी हाइड्रोपावर (SKHL) को शेयरकाे पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर हिजो अर्थात चैत १० गते, मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको ३१ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड २४ लाख कित्ता शेयर गरी कुल १ करोड ५५ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ। नेप्सेले कम्पनीलाई (SKHL) स्टक टिकर प्रदान गरेको छ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।