स्पेशल प्रि ओपन सेसनमा रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको कतिमा भयो पहिलो कारोबार?

Feb 16, 2026 10:53 AM Merolagani



फागुन ४ गते, सोमबार स्पेशल प्रि ओपन सेसनमा रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंक लिमिटेडको पहिलो कारोबार भएको छ।

यस दिन दुबै कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। यी दुबै कम्पनीको शेयर गत फागुन १ गते नेप्सेमा सूचीकृत भएको थियो।

रिलायन्स स्पिनिङ्ग मिल्स (RSML) को १०० रुपैयाँ अंकित मूल्य भएका कुल १ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकृत भएको थियो भने सालपा विकास बैंक (SABBL) को १०० रुपैयाँ अंकित मूल्य कायम भएको कुल ५२ लाख २३ हजार ८८० कित्ता साधारण शेयर सूचीकृत भएको थियो।

नेप्सेले यस अघि सूचीकरणको क्रममा दिने ओपनिङ रेन्ज सम्बन्धी व्यवस्था परिवर्तन गर्दै फेस भ्यालुको तीन गुणा मात्रै ओपनिङ रेन्ज तोकेको थियो। सोही रेञ्ज अनुसार यस दिन यी दुई कम्पनीहरुको पहिलो कारोबार भएको हो।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।